काठमाडौं, ७ वैशाख । काठमाडौंको टोखा नगरपालिकामा माओवादी केन्द्रका चर्चित नेता एमालेमा प्रवेश गरेका छन् ।
टोखा नगरपालिका– १० निवासी राजकुमार महर्जनसहित २ दर्जन बढी माओवादी कार्यकर्ता एमालेको युवा संघमा प्रवेस गरेका हुन् ।
युवा संघ नेपालका उपत्यका इन्चार्ज निरेशलाल सिंहले माओवादी केन्द्रका नेताहरूलाई एमालेमा प्रवेश गराएका हुन् ।
महर्जनकै नेतृत्वमा एमाले ३५ सदस्यीय वडा कमिटी पनि गठन गरिको एमालेले जनाएको छ ।
टोखा नगरपालिकामा माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मालाई मेयरमा उम्मेदवार बनाए लगत्तै असन्तुष्ट स्थानीय नेताहरूले पार्टी छाडेर एमालेमा प्रवेश गरेका हुन् ।












प्रतिक्रिया