विर्तामोड, ६ वैशाख । पूर्वमा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ ।
झापामा यो वर्ष मात्रै १ सय ३४ जनाले आत्महत्या गरेका छन् । विगत ३ वर्षमा झापामा ६ सय १६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । पूर्वमै आत्महत्याको सख्या झापामै अधिक देखिएको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको हो ।
झापामा आत्महत्याको अवस्थालाई हेर्ने हो भने झुण्डीएर ५९ प्रतिशतले, विष सेवनबाट ३० प्रतिशतले, खोलामा हाम फालेर ९ प्रतिशत, र आफ्नो जिऊमा आगो लगाएर १ प्रतिशत तथा गोली औजार र हात हतियार प्रयोग गरि १ प्रतिशतले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
झापामा आर्थिक वर्ष २०७१–७२ मा २४२ जना, ०७२–७३ मा २४० जनाले र ७३ सालको साउनदेखि चैत्र मसान्त भरमा १३४ जनाले आत्महत्या गरेका छन् । यो डाटाले पनि झापाको आत्महत्याको अवस्था डरलाग्दो देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शैलेश थापाले बताउनु भएको छ । आत्महत्या गर्ने अधिकाँश मानिस कम अध्ययनरत देखिएकोले अब सवैले अध्ययन गर्न समेत सुझाव दिनु भएको छ ।
आज झापाको विर्तामोडमा आत्महत्या न्युनीकरण सम्वन्धि एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शैलेश थापाले यो भयावहलाइ हटाउने एवारनेश कार्यक्रमका खाँचो रहेको समेत बताउनु भएको छ । अब परिवारभित्र एक अर्कामा आन्तरिक कुरा खोल्नुपर्ने बेला आएको थापाको कथन थियो । त्यो अवस्था सिर्जन गर्न सवै परिवारबाटै लाग्नुपर्ने थापाले बताउनु भएको हो ।
कार्यक्रममा अञ्चल प्रहरी कार्यलयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक पिताम्वर अधिकारी, चेतना नेपालका अध्यक्ष इन्द्र ओली ,लगाएतले आत्महत्याको विकराल रुपलाइ पारिवारिक तहबाट अध्ययन गर्नु जरुरी रहेको औलाएका थिए ।
झापामा २२ प्रतिशन अविवाहितले आत्महत्या गरेका छन् भने ९ प्रतिशत एकल महिलाले तथा ३ प्रतिशत सम्वन्ध विच्छेद गरेकोले आत्महत्या गरेको पाइएको छ ।













प्रतिक्रिया