
काठमाडौं, ६ बैशाख । कृतिमानी विश्व पर्वतारोही एवम लामो दुरीका धावक संजय पण्डित ‘साहसिक खेलकुद अवार्ड’बाट सम्मानित भएका छन् ।
काठमाडौंको बत्तिस पुतलीस्थित गोल्डेन गेट इन्टरनेशनल कलेजले पण्डितलाई रु. १ लाख नगद तथा ताम्रपत्रसहित सो अवार्डबाट सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथी गोल्डेन गेट कलेजका कार्यकारी प्रमुख रमेशकुमार शिलवालले ताम्रपत्र एवम चेक हस्तान्त्रण गरे ।
पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथा प्राणघातक हिमालको रुपमा चिनिएको मनास्लुलगायत संसारका ११ वटा चर्चित हिमाली आरोहण गरिसकेका छन् । पण्डितले अस्ट्रेलियाको सर्वोच्च शिखर कोजिएसको र अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जरो नेपाली दौरा सुरुवाल भादगाउँले टोपीसहित आधार शिविरदेखि शिखरसम्म उल्टो हिडेर सफलता पूर्वक आरोहण गरेका थिए ।
त्यस्तै, यूरोपको सर्वोच्च शिखर ६ मिनेट ३ सेकेण्ड अर्धनग्न भएर अन्तराष्ट्रिय कृर्तिमान कायम गरेका थिए । सम्मानित हुँदै पण्डितले आफ्नो विश्व आरोहणमा आईल्याण्ड पिक सगरमाथादेखि अन्टारटिको ११ पर्वतको आरोहणसम्म तन, मन र धन दिई सहयोग गर्ने गोल्डेन गेट कलेज र कार्यकारी प्रमुख रमेशकुमार शिलवालप्रति विशेष धन्यवाद दिएका छन् ।












प्रतिक्रिया