– सन्तोष यादब
सिरहा, ५ वैशाख । सिरहाको धनगडीमाई नगरपालिका ६ की ६५ वर्षिया कुसमा देवी यादवलाई बोक्सीको आरोपमा कुटिएकी छन् । श्रीमती कुसमालाई बचाउने क्रममा उनका श्रीमान् ७५ वर्षिय अशेश्वर यादव पनि कुटाइ खाए । बोक्सी भन्दै आफूलाई स्थानीय शिव कुमार यादव, विजय यादव र आशाराम दासले कुटपिट गरेको पीडित कुसमा बताउँछिन् ।
चैत ३१ गते विहानै आफनै घरमा वसिरहेको अवस्थामा शिव कुमार यादवको समूहले तैले मेरो छोरी किरण कुमारी यादवलाई वोक्सी लगाएर हैरान पारिस भन्दै कुसमालाई कुटपिट गर्यो । अब तलाई यस गाँउमा वस्न दिन्न भन्दै नानाथरीको गाली वेज्जती समेत उनीहरुले गर्यो । लठ्ठीले हिर्काउदै टाउकोमा खुकरी प्रहार गर्न थालेपछि श्रीमानले बचाउन आउँदा उहालाई समेत नछाडेको पीडित कुसमा भन्छिन् ।
शिवकुमारले गरेको खुकुरी प्रहारबाट कुसमाको दाहिने हात काटिएको छ भने शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । भैसी दुहिरहेको अशेश्वर यादवले पत्नीलाई कुटिरहेको देखेर किन कुटछौ भन्दा नाक र हातमा खुकुरी प्रहार गरेको छ । अशेश्वर पनि श्रीमतीसँगै लहानस्थित लिलामदन पोलिक्लिनिकमा उपचार गराइरहेका छन् । कुटापिटबाट यादब दम्पत्ति घाईते भएर वेहोस भएपछि गाँउलेहरुले उपचारका लागि लहान पुर्याएको प्रहरीले जनाएको छ ।
लिला मदन पोलि क्लिनिकका डाक्टर दिलिप साहको अनुसार दुवैजनालाई वेसरी कुटपिट गरेको कारण केहि दिन अझै अस्पतालमै बस्नुपर्नेछ । दुवै जनाको काटिएको हात र नाकमा एक दर्जन भन्दा वढी टाँका लागेको छ । नाक र हातबाट रगत अत्यधिक बगेकोले उनीहरु कमजोर भई पटक पटक मुर्छित पर्ने गर्छन् ।
बोक्सीको आरोपमा कुसमा र उहाँका श्रीमान अशेश्वरलाई निर्घात कुटपिट गरेका शिवकुमार, विजय र आशारामई ईलाका प्रहरी कार्यालय लहानले नियणत्रणमा लिएको छ । पीडितले उनीहरुले बोक्सीको आरोपमा कुटपिट गरेको बताएपनि ईप्रका लहानका डिएसपी हिरा बहादुर पाण्डेको दावी भने फरक छ । डिएसपी पाण्डे भन्छन्– बोक्सीको आरोपमा कुटपिट गरेका छैन् । अनुसन्धान जारी छ ।
पीडित हालसम्म उपचारकै क्रममा अस्पतालमै भर्ना रहेकोले प्रहरीमा उजुरी समेत दर्ता गराउन सकेका छैन् । प्रहरी भन्छन्– पीडितले उजुरी दर्ता गराएपछि उनीहरुमाथि कानून बमोजिम कारबाही हुन्छ ।













प्रतिक्रिया