२० कार्तिक २०८३, शुक्रबार

पुलिस हुँ भन्दै धम्काएर पैसा र मोबाइल लिन खोज्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । धम्काएर पैसा र मोवाइल लिन खोज्ने कञ्चनपुर घर भई हाल काठमाडौँ सुकेधारा डेरा गरी बस्ने २७ बर्षीय केशव सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिंहले सोमबार डोटी गगुडा–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर महादेवस्थान डेरा गरी बस्ने शुभम बोगटीको कोठामा गई म पुलीस हुँ भनी धम्क्याई पैसा र मोवाईल लिन खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।