
भक्तपुर, ५ वैशाख । भक्तपुरको गठ्ठाघर चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ ।
सोमबार राति सवा ८ बजे ना ४ ख ५२५८ नम्बरको ट्याङ्करले बा ८३ प ९४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीया सुष्मा कुटुको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार भक्तपुर कौशलटारकी सुष्मा कुटुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय एमन कुटुको अस्पतालमै उपचार भैरहेको छ ।
ठक्कर दिने ट्याङ्कर सहित चालकलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया