२० कार्तिक २०८३, शुक्रबार

माग पुरा नभए आन्दोलमा जाने लिम्वुबान मोर्चाको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ४ वैशाख । सरकारले आफ्नो मागलाई बेवास्था गरेको भन्दै लिम्बुवान पार्टीहरुको मोर्चाले आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् ।

नेता कुमार लिङ्देन मिरकले आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरि मोर्चाको आन्दोलनको घोषणा गरेका हुन् । उनले संविधान लिम्बुवान विरोधी भएपनि आजसम्म बाटो हेरेको तर अब सच्चिने बाटो नदेखिएकोले आन्दोलनमा कार्यक्रम घोषणा गरि अघि बढिएको बताउनु भएको हो ।

आफ्नो मागहरुलाई सम्बोधन नगरेसम्म सरकारले घोषणा गरेको स्थानीय निर्वाचनमा समेत आफूहरुको सहभागिता नरहने र बहिष्कार गर्दै आन्दोलनमा जाने निर्णय गरेको अर्का नेता सञ्जुहाडग पालुड्गााले बताउनु भयो ।

पूर्वमा रहेको ५वटा लिम्वुबान पार्टीहरुको मोर्चा बनाएको समेत पत्रकार सम्मेलनमा मुख्य सचिव सागर साम्वाले जानकारी गराउनु भयो ।

मोर्चामा सँन्जुहाड्ग पालुड्वा अध्यक्ष रहेको सँघीय लिम्वुवान पार्टी नेपाल, कुमार लिड्देन मिराक अध्यक्ष रहेको सँघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, अम्वर बहादुर पन्धाक अध्यक्ष रहेको लिम्वुवान प्रान्तिय परिषद, मिसेकहाड् थाम्सहाड्ग अध्यक्ष रहेको लिम्वुवान राष्टिय क्रान्तिकारी पार्टी र सुवास खापुड्ग अध्यक्ष रहेको लिम्वुवान मुक्ति मोर्चा रहेको छ ।

उनीहरुले अब पूर्वका जिल्लामा चरणबद्ध आन्दोलन गर्ने बताएका हुन ।