२० कार्तिक २०८३, शुक्रबार

कालिकामा एमालेको कार्यालय उद्घाटन, ११५ जना पार्टी प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

खोलेसिमल, ४ वैशाख । चितवनमा नेकपा एमाले कालिका नगर कमिटीको सम्पर्क कार्यालय आज एक कार्यक्रमका बिच कालिका वडा नं. ६, क्लवचोकमा उद्घाटन गरिएको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सांसद कृष्णभक्त पोख्रेलले एक कार्यक्रमका बिच सो कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै जिल्ला अध्यक्ष पोख्रेलले नेकपा एमालेको जनलहर देशभर बढेको बताउदै यसपटकको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी हुने बताए । एमालेको जनलहर देखेर सत्ताधारी दलहरु अत्तालिएको समेत उनले बताए ।

हिमाल, पहाड, तराईलाई अलग्याउन खोज्नेहरु यसपटकको निर्वाचनमा पराजित हुने भन्दै एमाले जिल्ला अध्यक्ष पोख्रेलले एमालेको २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा भएको सरकारले शुरु गरेको १ सय रुपैयाको वृद्धभत्ता एमालेको बहुमत आए लगत्तै बन्ने सरकारले ५ हजार पु¥याएर वृद्धवृद्धाको सम्मान गर्ने बताए । राष्ट्रियताको विरुद्धमा हुने कुनैपनि षडयन्त्र र संशोधन एमालेलाई स्वीकार्य नहुने भन्दै पोख्रेलले स्थानीय तहको निर्वाचनबाट पछि नहट्न सत्ता साझेदार दललाई खबरदारी समेत गरे । नेकपा एमाले सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने बताउदै पोख्रेलले आई लाग्नेलाई सम्झाउने र नसम्झिएमा प्रतिवाद गर्न समेत एमाले पछि नहट्ने उनले बताए ।

कार्यक्रमका नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रकाश ढुंगानाले सत्ता र शक्तिको दुरुपयोग गरेर सरकारका मन्त्रीहरुले निर्वाचनको आचारसंहिता उल्लंघन गरेको बताए । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयी सुनिश्चित देखेर सत्ताधारीहरु अत्तालिएको समेत उनले बताए ।

११५ जना पार्टी प्रवेश

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी विष्णुमाया नेपाल, जुगेश्वरी चौधरी सहितका १ सय १५ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाइ जिल्ला अध्यक्ष पोख्रेलले टिका लगाएर स्वागत गरेका थिए ।

नेकपा एमाले नगर आयोजक कमिटीका अध्यक्ष भिष्म प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी सदस्य गीता विष्ट, नेकपा एमालेका नगर कमिटी सदस्य लक्ष्मीनारायण चौलागाईले मन्तव्य व्यक्त गरेका थिए भने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका कलाकार गायक दशरथ सापकोटाले कार्यक्रममा गीत प्रस्तुत गरेका थिए ।