महेन्द्रनगर, ४ वैशाख । राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले २० बर्षपछि नेपालमा हुन लागेको स्थानिय तहको निर्बाचनमा सबै जनता र सबै दल सहभागी हुनुपर्ने बताएका छन् ।
सोमबार कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको अञ्चलस्तरीय आम सभालाई सम्बोधन गर्दै थापाले नयाँ संबिधान जारी भएपछिको पहिलो स्थानिय तहको निर्बाचनले जनतालाई पुर्ण अधिकार सम्पन्न बनाउने बताए ।
संबिधानले हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्रका बारेमा सम्बोधन नगरे पनि केही राम्रा पक्षहरु संबिधानमा रहेको थापाले उल्लेख गरे । जनतालाई अधिकार सम्पन्न बनाउने यो अभ्यासमा कोही पनि बञ्चित नहुनु पर्ने उनको भनाई छ ।
मधेसी मोर्चाले आन्दोलनको घोषणा र निर्बाचन बहिष्कार गरेकाले सहमति र बार्ताबाट त्यसको समाधान गरिनुपर्ने भन्दै उनले मधेसी जनतालाई नेपालको कुनै पनि अधिकारबाट टाढा राख्ने कुनै पनि राजनीतिक दल असहमत नरहेको भन्दै मोर्चालाई निर्बाचनमा सहभागी हुनका लागी पुनर्बिचार गर्न उपप्रधानमन्त्री थापाले आग्रह पनि गरे । सरकारले मोर्चा लगायत असन्तुष्ट पक्षलाई जुनसुकै हालतमा पनि स्थानिय तहको निर्बाचनमा सहभागी गराई सहजरुपमा निर्बाचन सम्पन्न गर्न लागी पर्ने उप प्रधानमन्त्री थापाले बताए ।
“राप्रपाको प्रतिवद्धता सकारात्मक परिर्वतन राष्ट्रियता हिन्दु राष्ट्र विकास र सुशासन” को नारासहित आयोजित अञ्चलस्तरीय आम सभामा पार्टीका उच्च स्तरिय नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।













प्रतिक्रिया