२० कार्तिक २०८३, शुक्रबार

उल्टो हिडेर पर्वतारोहण गर्ने पण्डित उपराष्ट्रपतिबाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर माउन्टेनको रुपमा परिचित मनास्लुसहित संसारका ११ पर्वतको सफल आरोहण गरेका संजय पण्डित उपराष्ट्रिपति नन्दबहादुर पुनद्वारा सम्मानित भएका छन् ।

उनीसंगै दश पटक विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्न सफल अमेरिकी चर्चित आरोही भर्न तेजास पनि उपराष्ट्रपतिबाट सम्मानित भएका छन् । दुवैजनालाई आज उपराष्ट्रपति निवासमा उपराष्ट्रपति पनुले प्रमाण–पत्र खादा सहित सम्मान प्रदान गरे ।

गत जनवरीमा अन्र्टाटिकाको सर्वोच्च शिखर भिन्सेन मासिफ र अन्टार्टिकाकै अर्को चर्चित हिमाल रजम्यान पर्वतलाई पण्डितले सफल आरोहण गरेका थिए । यी दुवै हिमाल आराहणका लागि पण्डितलाई विश्व चर्चित सेभेन समिटर भर्न तेजासले गाइड गरेका थिए । पण्डितले आफूले अन्टार्टिकाको सर्वोच्च शिखरमा फरफराएको नेपालको राष्ट्रिय झण्डा र उपराष्ट्रपति अंकित फोटो उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।

सम्मान कार्यक्रममा टानका वरिष्ट उपाध्यक्ष एवं सफल युवा नेपाली पर्यटन व्यावसाय टाँसी लाक्पा शेर्पाको पनि सहभागिता रहेको थियो । पण्डितले अष्ट्रेलियाको सर्वोच्च शिखर तथा अफ्रिकाको सर्वोच्च शिखर नेपाली दौरा सुरवाल, भादगाउले टोपी लगाई आधार शिविरबाट शिखरसम्मको यात्रा तय गरेका थिए, भने युरोपको सर्वोेच्च शिखरमा अर्धनग्न ६ मिनेट ३ सेकेण्डसम्म बस्न सफल भएका थिए ।

कार्यक्रममा उपराष्ट्रपति पुनले संजय जस्ता देशका गहनालाई सरकारले उचित सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको बताए । संजयको अन्टार्टिका यात्रालाई उपराष्ट्रपति पुनले डिसेम्वर २०१६ मा नेपालको राष्ट्रिय झण्डा सहित विदाई गरेका थिए । पण्डित नेपालका उल्टो हिडेर आरोहण गर्ने पहिलो विश्व पर्वतारोही हुन् ।