२० कार्तिक २०८३, शुक्रबार

संयोजकले पार्टी छोडेपछि नयाँ शक्तिको नयाँ संयोजक चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अनिल खत्री गुल्मी, ३ बैशाख  । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद गुल्मीले नयाँ संयोजक चयन गरेको छ ।

परिषदका जिल्ला संयोजक मनिराम ज्ञवाली माओवादी केन्द्रमा प्रबेश गरे लगत्तै नयाँ संयोजकमा परिषदका केन्द्रीय सदस्य रहेका तेजेन्द्र थापालाई जिम्मेवारी दिएको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

शुक्रवार जिल्ला परिषद गुल्मीका केहि व्यक्तिहरुले पार्टीको लेटर प्याड र संस्थागत छाप दुरुपयोग गरि मनोमानी ढंगबाट नयाँ शक्ति पार्टी माओेवादी केन्द्रमा समायोजन भएको भनेर भ्रम सिर्जना गरेको नयाँ शक्तिले आरोप लगाएको छ ।

पार्टीले आकस्मिक बैठक बसी उक्त घटनाप्रति घोरआपत्ति जनाउँदै बिज्ञप्ति निकालेको थियो । पार्टीले जिल्ला संयोजकमा थापालाई जिम्मेवारी प्रदान गरेपनि अन्य पदमा भने पुरानै कमिटीका पदाधिकारी यथावत छन् ।