
धनगढी, २ बैशाख । नेविसंघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका नेपाली काँग्रेसका नेता छितिज भण्डारीले धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि आफ्नो उम्मद्वारी दावी गरेका छन् ।
नपाल विद्यार्थी संघका पूर्व कार्यबाहक सभापति समेत रहेका भण्डारी आसन्न स्थानीय निकाय चुनावको चर्चा परिचर्चा चलिरहेको बेला धनगढी उपमहानगरपालिका मेयर पदका लागि कसरतमा लागेका हुन् । २०५९ सालमा नेविसंघको केन्द्रिय सदस्य, २०६२ सालमा उपाध्यक्ष हुँदै दुई कार्यकाल नेपाली काँग्रेस कैलालीबाट महाधिबेशन प्रतिनिधिका उनी हाल महासमिति सदस्य छन् ।
भण्डारी पत्रकार, साहित्यकार र समाजसेवी भएका कारणले पनि आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि बलिया उम्मेदवारका रुपमा देखिन थालेका छन् । उनले आफू लामो समयदेखि सक्रिय रुपमा पार्टीमा लागेको बफादार सिपाही भएकोले धनगढी उपमहानगरपालिकाको समग्र विकासका लागि मेयर पदमा उम्मेदवारी दाबी गरेको भण्डारी बताउँछन् ।
भण्डारीको पहिलो र दोस्रो संविधानसभामा समेत नेपाली काँग्रेसबाट कैलालीको क्षेत्र नं. ६ र ४ बाट नाम सिफारिस भएको थियो । उनले आफूले धनगढी उपमहानगरपालिकाको समग्र विकासको खाँका समेत तयार पारेको बताएका छन् ।
भण्डारीसँगै धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट नगरसभापति नृप वड, महासमिति सदस्य कृष्ण महरा, शुसिला भट्ट लगायत आठ जना मेयर पद हत्याउन कसरतमा छन् ।












प्रतिक्रिया