२० कार्तिक २०८३, शुक्रबार

बखेडा झिकेर चुनावी वातावरण बिथोल्ने होइन : अध्यक्ष न्यौपाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा होमिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

नयाँ वर्ष २०७४ सालको अवसरमा शुक्रबार बिहान शुभकामना दिँदै चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले मुलुक निर्वाचनमा होमिइसके र यसले जनतामा नयाँ उमङ्ग ल्याएको बताए । उनले चुनावबाट कुनै पनि राजनीतिक दल पछाडि फर्कने अवस्था नरहेको बताए ।

‘झण्डै दुई दशकदेखि हुन नसकेको स्थानीय निर्वाचन वैशाख ३१ गते हुँदैछ’, शुभकामना सन्देशमा अध्यक्ष न्यौपानेले भनेका छन्, ‘यो निर्वाचनलाई चुरेभावर पार्टीले भरपुर उपयोग गर्नुका साथै अन्य राजनीतिक दलहरूलाई पनि चुनावको उत्सवमा सहभागी हुन आग्रह गर्दछ ।’

उनले भनेका छन्, ‘०६२/६३ को आन्दोलन होस् वा त्यसपछिका विभिन्न आन्दोलन किन नहुन् सबै आन्दोलनको उपलब्धीलाई बचाउने दायित्व हामी सबैको काँधमा आइ पुगेको छ ।’

नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि र संविधान सभाबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई सबै मिलेर कार्यान्वयन र संरक्षण गर्नुको अहिलेको प्रमुख दायित्व रहेको सो पार्टीको भनाइ छ ।

‘केही राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनका विषयमा नयाँ खाले विवादहरू पटक–पटक ल्याएर चुनावी वातावरण बिथोल्न खोजेको महसुस चुरेभावर पार्टीले गरेको छ’, अध्यक्ष न्यौपानेले चेतावनीको शैलीमा भनेका छन्, ‘अहिले विवाद निकाल्नुभन्दा विवादलाई सहमति र सहकार्यबाट अन्त्य गर्नुपर्छ भन्ने मान्यता हाम्रो पार्टीको छ ।’

अध्यक्ष न्यौपानेले नयाँ सोँच र नयाँ विचार तथा आपसी मनमुटावलाई आजकैका दिनदेखि अन्त्य गरेर नेपाल र नेपाली जनताको पक्षमा हित हुने गरेर सहमति र सहकार्यका साथ लाग्न सबैमा शुभकामना दिएका छन् ।