२० कार्तिक २०८३, शुक्रबार

नेपाल र चीनबीच विशेष फौज संयुक्त तालिम हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरुलाई निरन्तरता दिने क्रममा पहिलो पटक मित्रराष्ट्र चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच सैन्य तालिम हुने भएको छ । 

आगामी बैशाख ३ गतेदेखि १२ गतेसम्म नेपाल–चीन विशेष फौज संयुक्त सैन्य तालिम अथौत सगरमाथा फ्रण्डसीप तालिम हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दुवै देशका सेनाबीच आ–आफ्नो अनुभव आदान प्रदान गर्दै पेशागत क्षमता अभिबृद्धिका लागि नियमित रुपमा सञ्चालन हुने यस प्रकारको द्धिपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरुबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि हुने आशा नेपाली सेनाले गरेको छ । साथै सैनिक तथा कुटनीतिक सम्बन्ध अझ मझबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा छिमेकी राष्ट्रहरु लगायत अन्य मित्रराष्ट्रहरुसँग द्धिपक्षीय तथा बहुपक्षीय रुपमा तालिम, सेमिनार तथा अभ्यासहरु गर्दै आएको छ ।