२० कार्तिक २०८३, शुक्रबार

प्रहरीको नाम लिँदै लुटपाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । काठमाडौं महानगरपालिका–९ सिनामंगलमा आज सर्लाही मलगंवाका एक व्यक्ति लुटिएका छन् ।

बा.१६ प २१८६ नम्बरको मोटरसाइकलमा आएका अपरिचित दुई जनाले हामी सिभिल प्रहरी हौं भन्दै ब्याग चेकजाँच गरी सिनामंगल बस्ने सर्लाही मलगंवाका ३१ वर्षीय उमेश राईको साथमा रहेको नगद ४९ हजार र २ तोलाको सुनको सिक्री गरी करीव १ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल लुटी फरार भएका हुन् ।

प्रहरीले लुटेराहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।