२० कार्तिक २०८३, शुक्रबार

हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीताराम चौधरी कपिलवस्तु, ३० चैत । कपिलवस्तुमा एक जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

फेला परेको शव जिल्लाको विजयनगर गाउँपालिका–५ देवीपुरका ५५ वर्षे ओमबहादुर गोतामे रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

देवीपुरको मुख्य चोकमा गोतामे मृत अवस्थामा फेला परेका थिए । गोतामेले रक्सी सेवन गरी चौरमा सुतिरहेको अवस्थामा हाते बन्चरो प्रहार गरी हत्या गरिएको प्रहरीको आशंका छ । दाहिने आँखा–मुखमा पर्ने गरी धारिलो हतियार प्रहार गरिएको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा योजनाबद्ध ढंगले हत्या गरिएको देखिन्छ । शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक घर्तीमगरले जानकारी दिए ।  हत्याको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।