२० कार्तिक २०८३, शुक्रबार

श्रीमानसँग सुतिरहेकी महिलामाथि वीरगञ्जमा गोली प्रहार, अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २९ चैत । बीरगञ्जमा एक महिलामाथि गोली प्रहार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बीरगंज उपमहानगरपालिका–१७ ठुलोपिपरा बस्ने २५ बर्षीया निरु पटेल मंगलबार गोली प्रहारबाट घाइते भएकी हुन् ।

श्रीमान धिरेन्द्र पटेलसँगै आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित ब्यक्तिले झ्याल बाहिरबाट गोली प्रहार गर्दा गोली लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंज लगिएको छ ।

गोली प्रहार गर्ने फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।