बर्दिया, २८ चैत । प्रेस चौतारी नेपाल बर्दिया शाखाका सचिव यज्ञप्रसाद सापकोटाले आफ्ना पिताको नाममा संरक्षण अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल बर्दिया शाखाले स्व.नन्दलाल सापकोठाको १३ औं पुण्य तिथिको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सापकोटा परिवारले नन्दलाल स्मृति संरक्षण पत्रकारिता पुरस्कारका लागि पचास हजार रासीको अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको हो ।
स्वर्गिय सापकोटा विगत लामो समयदेखि कृष्णसार क्षेत्र संरक्षण क्रियाकलापमा संलग्न हुनु हुन्थ्यो । संरक्षणमा पिताको योगदानको कदर गर्दै अक्षयकोष स्थापना गरिएको छोरा यज्ञप्रसाद सापकोटाले बताउनुभयो । अक्षय कोषको रकमबाट कृष्णसार तथा अन्य संरक्षणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गरिने प्रेस चौतारी नेपाल बर्दियाका अध्यक्ष डिलप्रकाश गौतमले बताउनुभयो ।
प्रेस चौतारी बर्दिया शाखाले यस अघि नागरिक शहिद गोबिन्द पाण्डे स्मृति प्रत्रकारिता पुरुस्कारको अक्षय कोष स्थापना गरिसकेको छ । प्रेस चौतारी बर्दिया शाखाका लागि नन्दलाल स्मृति संरक्षण पत्रकारिता पुरस्कार दोस्रो अक्षयकोष भएको भन्दै अध्यक्ष गौतमले संचार क्षेत्रमा काम गर्ने संचारकर्मीहरुको हौसला बनाउने किसिमको कार्यक्रम छनौट गरेकोमा सापकोटा परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।












प्रतिक्रिया