बुटवल, २८ चैत । आगामी स्थानीय तहको निर्बाचन महिलाको नेतृत्व बिकासका लागि कोशे ढुगा साबित हुने बिश्वास गरिएको छ ।
लामो समयदेखि निर्बाचन हुन नसकिरहेको अबस्थामा अब हुने निर्बाचनले महिलाहरुलाई मात्र होइन पुरुषको नेतृत्व क्षमतामा पनि उत्तिकै बिकास हुने बताइएको छ ।
ल्याय्म्ह पुच (युवा समुह) र सामुदायिक सिकाइ केन्द्र रुपन्देही शंकरनगरको आयोजनामा भएको नेतृत्व बिकास प्रशिक्षण कार्यक्रममा बिभिन्न पार्टी, नागरिक अभियानता, बन, खानेपानी लगायतका स्थानीय तहमा क्रियाशील महिलाहरुको उल्लेख्य सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा आगामी स्थानीय निर्बाचनमा १३ हजार ३ सय ६० महिला निर्बाचित हुने सुनिश्चित भएको जानकारी गराइएको छ ।
कार्यक्रमका प्रमुख प्रशिक्षक मीना शर्माले कानुनले स्थानीय तहमा उम्मेदवारी दिंदा प्रत्येक महानगर, उपमहानगर र नगरपालिकाका वडाहरुबाट ५ जना र गाउँपालिकाको वडाहरुबाट गरी ४ जनाका दरले महिलाहरु आउने भएकाले जम्मा ३ हजार २ सय ३९ जना महिलाहरु चुनावबाट निर्वाचित भएर आउने सुनिश्चित गरेको जानकारी गराएकी छन ।
शर्माका अनुसार ७ सय ४४ स्थानीय तहको संख्यामा ६ हजार ६ सय ८० वटा वडा रहेका छन् । ४ महानगरपालिकाका १२३, १३ वटा उपमहानगरपालिकामा २७८, नगरपालिकाकामा २ हजार ८ सय ४९, र ४६६ गाउँपालिकाका ३ हजार ४ सय ३० वटा वडा रहेका छन । आगामी स्थानीय तहको गाउँसभा, जिल्ला सभा र जिल्ला समन्वय समितिमा महिला सहभागिताको अवस्था कस्तो रहने भन्ने कुरा पनि प्रष्ट पारेकी छिन ।
बरिष्ठ अधिकारकर्मी एवं प्रशिक्षक शर्माले नेतृत्व बिकास कसरी गर्ने र आगामी निर्बाचनमा महिलाहरु कसरी र कुन हिसाबले सहभागी हुनुपर्छ भन्ने बारेमा उल्लेश गरेकी छन ।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष उमानाथ कण्डेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार टंक पन्तले नेतृत्व बिकास , सबिधान र बिधमान ऐनले आगामी निर्बाचनमा महिलाको अनिबार्यताबारे उल्लेख गरेको पक्षबारे जानकारी गराएका थिए ।
बरिष्ठ पत्रकार पन्तले सामाजिक संस्थाले खेल्ने भुमिका र ग्रामीण तहमा स्थानीय उपभोक्ता समितिहरुले गर्नुपर्ने दायित्वबारेमा प्रशिक्षणमुलक जानकारी गराएका थिए ।
ल्याय्म्ह पुच युवा समुह रुपन्देहीका अध्यक्ष प्रकाश कण्डेलले पुचले केन्द्रिय तहबाटै नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम प्रारंभ गरेको र रुपन्देहीमा भब्य रुपमा कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए ।
उनले तिलोत्तमा नगरपालिकाले शंकरनगरको आपनो हल उपलब्ध गराएर महत्वपूर्ण सहयोग गरेको भन्दै नगरपालिकासंग आगामी दिनमा पनि हातेमालो गर्दे अगाडि प्रतिबद्धता ब्यक्त गरेका छन् ।
तिलोत्तमा नगरपालिका १–५ बडा कार्यालय प्रमुख अनिता शर्मा ज्ञवालीले दुइ सामाजिक संस्थाले गरेको नेतृत्व बिकास त्यसमा स्थानीय तहको निर्बाचनलाई लक्षित गरेको कार्यक्रमले धेरेै महिला पुरुष लाभान्वित भएको भन्दै यसखाले कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन सके सुनमा सुगन्ध हुने बताइन् ।












प्रतिक्रिया