२० कार्तिक २०८३, शुक्रबार

पाँचथरमा म्यादी प्रहरीको तालिम सुरु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २७ चैत । पाँचथर प्रहरीले निर्वाचनको सुरक्षाका लागि तैथान हुने म्यादी प्रहरीको तालिम सुरु गरेको छ ।

आगामी बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन सफल पार्नका लागि म्यादी प्रहरी छनौट मापदण्ड ७३ बमोजिम चैत ११ गतेदेखि १७ सम्म परेका आवेदनबाट परिक्षा गराई तालिम सुरु गरिएको हो ।

पाँचथर प्रहरीमा कार्यालयमा म्यादी प्रहरीमा १८८१ जनाको आवेदन परेको थियो । आवेदकहरुको छनोट २४ गते अन्तिम नतिजा प्रकाशन गरेको थियो । छनौटमा ७२३ जना उत्तीर्ण भएका थिए ।

तालिमको उद्घाटन गर्दै डीएसपी नकूल पोखरेलले पहिलो दिन प्रशिक्षण समेत दिएका छन् । पोखरेलले संविधान कार्यान्वयनको पहिलो खूड्किलो स्थानिय तहको निर्वाचन भएकाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातारणमा सम्पन्न गर्ने राज्यले म्यादी प्रहरीबाट अपेक्षा राखेको प्रष्टाएका थिए ।

उनले योग्यता र क्षमताले छनौटमा छानिएपनि म्यादी प्रहरीमा आबद्ध रहने र आफूलाई जनताको सेवक ठानी कार्य गर्न एवं देशलाई समस्या परेको बेला नागरिकहरुले स्वतस्फूर्त निशर्त सहयोग गर्नुपर्नेमा जोड दिए ।

तालिममा सिकेका कूराहरुलाई समय सापेक्ष प्रयोगमा ल्याउन समेत सुझाव पनि उनले दिएका थिए । म्यादी प्रहरीहरुलाई जिल्लाको विभिन्न ठाउहरुमा परिचालन गरी तालिम संचालन भईरहेको छ ।