२० कार्तिक २०८३, शुक्रबार

क्यान्सर पीडित एमाले नेता बचाउन सांस्कृतिक कार्यक्रम, ५ लाख सहयोग संकलन

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुन सिंह

झलारी, २६ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नं. १० का युवाहरुको संस्था गुडलक फाण्डेसन नेपालको आयोजनामा झलारीका वोन क्यान्सरबाट जीवन मरणको दोसाधमा रहेका युवा समाजसेवी एवं युवा संघ नेपाल कञ्चनपुरका अध्यक्ष जनक शाहीको सहयोगार्थ नेपालका ख्याती प्राप्त गायक रामकृष्ण ढकाल तथा स्थानिय कलाकारको समुपस्थितिमा शुक्लाफाटा नगर पालिकाको झलारी बजारमा एक भब्य सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम बोल्दै संस्थाका कार्यवाहक अध्यक्ष तथा कार्यक्रम संयोजक भाष्कर भट्टले देश–विदेशमा नेपाली हरुको बिचमा परिचित भै सकेको र यो संस्था एक बिशुद्ध सामाजिक सेवामा समर्पित भै नेपालमा परोपकारी क्षेत्रमा काम गर्दै आएको बताउनु भयो साथै उहाले उक्त कार्यक्रमबाट आएको रकम पनि बिगतको जस्तै वोन क्यानसरवाट पिडित संस्थाका सल्लाहकार संयोजक जनका शाहीको उपचारमा खर्चिने बताउनुभयो ।

जनक शाही बचाउ अभियान को जिवनका लागी संगित नाम दिएर संञ्चालन गरेको कार्यक्रम सांगितीक उत्सवमा सबैको माया, सहयोगले, उत्साहजनक सहयोगले कार्यक्रम सम्पन्न हुनुका साथै प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सहयोगी मित्रलाई हाार्दिक धन्यवाद व्यक्त गरेको थिए । साथै कार्यक्रममा कार्यकारी शुक्लाफाटा नगर पालिका भर्खरै सरुवा भई आउनु भएका शुक्लाफा नगरपालिकाका कायाकारी अधिकृत शेरबहादुर बुढालाई गुडलक फाण्डेसन नेपालले स्वागत गर्नुका साथै सम्मानित गरेको छ । कार्यक्रममा गायक रामकृष्ण ढकाल, उद्घोषक केपी कलौनी, हर्क बिसी मह फिल्म सिटी झलारी, मोडेल शसी चन्द एवम मिडिया पाटनर पहिचान खबर नेपाली दैनिक, रेडियो प्रभु एफएम, साथी टिभि नेटवर्क र एसटिएस टिभी महेन्द्रनगरलाई सम्मान गरिएको थियो ।

शाहीको उपचारका लागि पाँच लाख सहयोग संकलन

यूवा समाजसेवी उपचारर्थका लागि कञ्चनपुरमा थालिएको ‘जनक शाही बचाउन अभियान’ अन्तरगत ५ लाख भन्दा बढि रकम संकलन भएको छ ।

झलारी स्थित गुडलक फाउण्डेसन नेपालले २० दिन देखि ‘जनक बचाउन अभियान’ थालनी गरेको थियो । उक्त अवधिमा स्थानीय, देशका विभिन्न क्षेत्र तथा विदेशबाट समेत आर्थिक सहयोग प्राप्त भएको गुडलक फाउण्डेसनका अध्यक्ष तथा अभियानका संयोजक भाष्कर भट्टले बताए ।

उनका अनुसार चैत्र २५ गते सम्ममा करिव ५ लाख, ५० हजार, ५ सय ९९ रुपौँया संकलन भएको छ । अध्यक्ष भट्टले स्थानीय, राष्टिूय तथा अन्र्तराष्टिूय क्षेत्रबाट विभिन्न व्यक्तित्वहरुले संस्थागत तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको बताए ।

जनक बचाउन अभियानको तथ्याङ्क अनुसार सबैभन्दा बढि होटल ईट एन पार्कले रु १ लाख हज, बुकलाफाटा नगर पालिका वार्ड नं(४ निवासी हाल अध्यनको शिलसिलामा अष्टूेलियामा रहेका लोकेस विष्ट (लोकेन)ले व्यक्तिगत नेपाली यूवाहरुवाट आर्थिक सहयोग संकलन गरी रु ७५ हजार, झलारी पिपलाडी नगर पालिका(१० वस्ने हाल वैदेसिक रोजगारीका सिलसिलामा साउदी अरेवियामा रहेका नरेश साउदले रु २० हजार सहयोग गरेको बताए । यसै गरि आर्थिक सहयोग रकम आउनेक्रम जारी रहेकाले केही दिन भित्र सम्पुर्ण रकम पत्रकार सम्मलेन गरेर सार्वजनिक गरिने संस्थाका उपाध्यक्ष प्रितम के.सि.ले जानकारी लिनु भयो । शाहीको योगदानको कदर गर्दै समाजिक क्षेत्रबाट सहयोग आएको रेडियो प्रभु.एमका स्टेसन म्यानेजर भोजराज पन्तले वताउनु भयो ।