– आकाश देबकोटा
बाँके, २७ चैत । नेपालगञ्ज उपमहानगरपालिका होस् वा सांसद्को निर्वाचन नै किन नहोस् स्थानिय वडा नं. १६ स्थित जयसपुर क्षेत्रका मतदाताहरुले नै अहिलेसम्मका निर्वाचनमा जित हारको सुनिश्चितता गर्ने गरेको पाइएको छ । जयसपुर क्षेत्रमा मुस्लिम समुदायको घना बस्ती हुनुको लागि ५ हजार बढी मतदाता रहेका छन् ।
अहिले स्थानिय निर्वाचनको क्रममा मुलुकका ठुला राजनीतिक पार्टीले जयसपुर क्षेत्र जान नसकेको स्थितीमा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले आफ्नो किल्ला गाड्न सफल भएको छ । एराप्रपा (राष्ट्रवादी)ले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन निर्माण गरेको एक हप्तामैं केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद खरेल, उदय बहादुर सिंह श्रेष्ठ, कौशल आचार्य र तेज नारायण कँडेलको उपस्थितीमा आविद अली कबडियाको अध्यक्षतामा ३४ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन र श्रीमती जयरुन जोलादको अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम महिला संगठन गठन गरेको छ ।
एराप्रपा (राष्ट्रवादी) को राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जयसपुरका अध्यक्ष सराफत अन्सारीको अगुवाईमा शनिबार जयसपुरमा आयोजना गरिएको वडा भेला कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन र राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम महिला संगठन गरिएको छ ।
आयोजित वडा भेलामा केन्द्रीय सदस्य उदय सिंह श्रेष्ठले हिजोका दिनहरुमा यस क्षेत्रबाट मत पाई जितेका नेताहरुले फर्केर नहेरेको बताउँदै एउटै व्यक्तिलाई कति पटकसम्म मत दिई जिताउने प्रश्न गर्दै एराप्रपा (राष्ट्रवादी) बाट मेयर पदको उम्मेदवार केन्द्रीय सदस्य कृष्ण प्रसाद खरेललाई अत्यधिक मतले विजय गराउन अपील गर्नु भयो ।
उहाँले भन्नुभयो–‘स्थानिय निर्वाचनमा राजनीतिक पार्टी र ठुलो हैसियत राख्ने व्यक्तिलाई मत दिएर जितायो भने फर्केर आउँदैनन् । तपाईहरु गर्भका साथ आप्mनो साथी तथा हमसफर भन्न रुचाउने व्यक्तिलाई मेयर पदको कुर्सीमा राखी वडाको विकासलाई तीब्र गतिमा अघि बढाउनु पर्छ । नेता आउँछन्, हात जोड्छन् अनि मत लिएर जान्छन् तर वडाको विकास जहाँको त्यही छ, वडाका बासिन्दाका समस्या सुनीदिने कोही हुँदैनन्, वडामा दैनिक रुपमा बेरोजगार बढेको छ, रोजगारीको अवसरको लागि अहिलेसम्म कुनै पनि नेताले पहल गरेको छैन । तसर्थ आफ्नो कुरा सुन्ने र समस्याको लागि तपाईको साथमा अगाडि आउने नेता खरेल जीलाई साथ दिई अगाडि लिएर आउनोस् ।’
यसैगरी उक्त वडा भेला कार्यक्रममा मेयरका उम्मेदवार केन्द्रीय सदस्य खरेलले प्रहरी प्रशासनको मनपरीतन्त्रको विरोध गर्नु पर्ने कुरा औल्याउँदै वडाबासीका समस्याका लागि कुनै बेला साथ दिने बचन समेत दिनु भयो । जयसपुर क्षेत्रका बासिन्दाहरुसँग करिब ३ दशकदेखि साथमा हिडेको भएकोले जयसपुर क्षेत्रमा रहेका समस्याको विषयमा जानकार समेत रहेको भन्दै विकासको लागि सदैव अगाडि उभिने प्रतिबद्धता समेत गर्नु भयो ।
पाँच सयभन्दी बढीको वडाबासीको उपस्थितीमा केन्द्रीय सदस्यद्वय कौशल आचार्य र तेज नारायण कँडेलले समेत मेयर पदका उम्मेदवार खरेललाई साथ दिने अनुरोध गर्दै अपील समेत गर्नु भयो ।













प्रतिक्रिया