२० कार्तिक २०८३, शुक्रबार

कैदीलाई उद्यमबाट मासिक २५ हजारसम्म आम्दानी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, २५ चैत । जिल्लाका कैदी वन्दीहरुले जिल्ला कारागार भित्रै विभिन्न उद्यम गरी मासिक २५ हजार बढि आम्दानी गर्न थालेका छन् । कैदीवन्दीहरुले मुढा, टोकरी आदी वाँसजन्य सामाग्री उत्पादन गरी मासिक २५ हजार बढि आम्दानी गर्न थालेका हुन ।

कैदीहरुले दिनभरी वाँसवाट वन्ने मुढा, टोकरी, डालो, टोपी लगायतका सामाग्री तयार पार्ने गरेको जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले बताउनुभयो । जेलर केसीले कैदीहरुले मासिक २५ हजार भन्दा बढि पैसा उनिहरुले उत्पादन गरेका वस्तुहरु विक्रि गरेर नै कमाउने गरेको बताए ।

उनिहरुलाई आवश्यक पर्ने वाँस लगायतका कच्चा पदार्थ जिल्ला कारागार सल्यानको पहलमा ल्याउने गरीएको छ । धेरै कैदीहरु छौँ आफुले जानेको शिप नयाँ आएका कैदीहरुलाई पनि सिकाउछौँ २४ वर्षिय कैदी वर्षीय महेन्द्र थापाले भने आफुले जानको सिपबाट २/४ पैसा आम्दानी हुन्छ भने किन नगर्नु भनेर काम गरिरहन्छौँ । आफुहरुले कमाएको पैसाले आफुहरुलाई चाहिने खर्च टार्ने गरेको र कतिपयले घरमा समेत पठाउने गरेको कैदी थापाले बताए । कैदी थापाले आफुहरुलाई कसैले अझ यसबारेमा तालिम लिने हो भने आफुहरुले धेरै कमाउन सक्ने बताए । अव महिलालाइ उनिहरुको क्षमता अनुसारका शिप विकास तालिम दिने र हामीहरुलाई अझ नयाँनयाँ प्रविधि सहितका शिप सिकाउने हो भने हामी अझ राम्रो गर्न सक्छौँ उनले भने ।

कैदीहरुले उत्पादन गरेका वस्तुहरुको बजारको समस्या भने नरहेको जेलर केसीले बताए । कैदीहरुका उत्पादन खलंगा, श्रीनगर लगायतका बजारमा जाने गरेको र कतिपय कारागारमै पुगेर किनेर लैजाने गरेको उनले बताए । हाल जिल्ला कारागार सल्यानमा ६५ जना कैदी र २२ जना वन्दि रहेका छन् ।

यसैविच जिल्ला कारागारका कैदीहरुले जिल्ला कारागारमा पुस्तकालयको स्थापना गरिदिन विभिन्न निकायहरुलाई आग्रह गरेका छन् । कैदीहरुले कारागार भित्र आफुहरुलाई दिन काट्नै मुस्किल हुने हुँदा कसैले पुस्तकहरु कारागारमा उपलव्ध गराएमा आफुहरुलाइृ सजिलो हुने कैदीहरुले कताएका छन् । जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले कारागारमा पुस्तकालय स्थापनाको लागी पहल गरिदिन पत्रकार तथा मानवअधिकारकर्मिहरुलाई अनुरोध गरे ।