२० कार्तिक २०८३, शुक्रबार

संसद् बैठकमा फरक-फरक प्रतिवेदन पेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकमा फरकफरक प्रतिवेदन पेस भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले ‘राष्ट्रिय मानवअधिकार आयोगको तीन आर्थिक वर्ष(२०७०/७१, आव २०७१/७२, आव २०७२/७३) को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

यस्तै विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले ‘फौजदारी कसूर(सजाय निर्धारण तथा कार्यान्वयन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गर्नुभयो ।

यस्तै राज्य व्यवस्था समितिका सभापति दीलबहादुर घर्तीले ‘सामाजिक व्यवहार सुधार विधेयकसम्बन्धी समितिको वार्षिक प्रतिवेदन, २०७३’ र ‘राज्य व्यवस्था समितिको वार्षिक प्रतिवेदन, २०७३’ पेस गर्नुभयो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही चैत २८ गते १३.०० बजे बस्नेछ । रासस