२० कार्तिक २०८३, शुक्रबार

ललितपुरमा घर पुर्यादिन्छु भन्दै बसभित्रै किशोरीमाथि जबरजस्ती गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

ललितपुर, २५ चैत । घर पुर्याइदिने भन्दै बसभित्रै किशोरीको अस्मिता लुट्ने एक पुरुष प्रहरी फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतरा– ८ का ३० वर्षीय सागर नेपाली (परियार) रहेका छन् ।

उनले गत चैत १८ गते राति ललितपुरको बालकुमारीमा राति ८ बजेको समयमा सडकमा उभिरहेकी १४ वर्षीय बालिकालाई कहाँ जाने हो भनी मेरो बस छ घरमा पुर्याई दिन्छु भनेर ललाई फकाई एक होटेलमा लगि खाना समेत खुवाई बा. १ ख. ६९६६ नं. को भाडाको बसमा लगि सोही बसभित्र मध्यराति साढे १२ बजेको समयमा जबरजस्तीकरणी गरेका थिए ।

त्यसलगत्तै फरार भएका सागरलाई खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी परीसर ललितपुरको प्रहरीको टोलीले एक सातापछि विहिबार (हिजो) सिन्धुपाल्चोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीमाथि जबरजस्ती करणी मुद्धामा थप अनुसन्धान भईरहेको ललितपुर प्रहरी परिसरका डीएसपी ईश्वर कार्कीले जानकारी दिए ।