२० कार्तिक २०८३, शुक्रबार

टिपरलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २४ चैत । बनेपा–७ स्थित पुरानो तरकारी बजारमा आज टिपरले ठक्कर दिएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौँबाट धुलिखेलतर्फ आउँदै गरेको बा४ख ३५५१ नं को टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा८३प २७७८ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका रामेछाप–५ निवासी विनोद मुक्तानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इप्रका, बनेपाका प्रहरी निरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उल्लेख गर्दै टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस