२० कार्तिक २०८३, शुक्रबार

स्थानीय तह निर्वाचनका लागि यी हुन् गुल्मीका सम्भावित महिला उम्मेदवार

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी चैत २४ । स्थानीय निर्वाचनको नजिकिदै गर्दा यतिबेला जिल्लाका सबै राजनीतिक दलहरुलाई चुनावी सरगर्मी बढेको छ ।

सबै आआफ्नै संगठनका काममा व्यत देखिन्छन् । नगर वा गाउँपालिकाका संभावित उमेदवारहरुको चर्चा पनि शुरु हुन थालेको छ । गुल्मी जिल्लामा दुई नगरपालिका, १० गाउँपालिका र ९३ वडा रहेका छन् । उमेद्वारको चर्चा भित्र नगर वा गाउँपालिकाको नेतृत्व गर्ने महिलाहरुको कुनै गुञ्जायस सुनिदैन् । सवै पार्टीभित्र अहिलेसम्म पुरुषहरुले नै आआफ्नो नेतृत्व सबैतर्फ फैलाएका छन् ।

स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको निर्वाचनमा कानुनले प्रमुख वा उप्रमुखमध्ये एकजना महिला भनेकै कारण दलहरु महिलाई सकेसम्म उपप्रमुखमै थन्काउने दाउमा देखिन्छन् । जिल्लामा काङग्रेस जिल्ला सचिव बिष्णु सापकोटा, अनिसा केशी, सीता अर्याल, मिना जिसी, अमृता कुवंर, अम्बिका श्रेष्ट, तारा पौडेल, सीता पाण्डेय, गीता थाापा, भोमा गुरुङ्ग, देवि पुन, मिना राना, भगवती काफ्ले भण्डारी, देवि कुवंर लगायत नगर तथा गाउँपालिकाको नेतृत्व गर्न सक्ने काङगे्रस नेतृहरु हुन् ।

एमालेको तर्फबाट अनेमसघं अध्यक्ष ललिता गौतम, सिता भुसाल, नर्मदा भण्डारी, कमला शर्मा, बिमला खत्री, माओवादी केन्द्रको तर्फबाट लिला बलाल, बन्दना पोख्रेल, गीता थापा लगायत नगर तथा गाउँपालिकामा नेतृत्वको लागी आउन सक्ने संभावित नाम हुन् । जसमध्ये अहिले सम्म नेपाली काङग्रेस पार्टी सचिव बिष्णु सापकोटाको नाम मुसिकोट नगरपालीकामा मेयरको लागी चर्चा चर्चामा छ । तर पार्टीको आधिकारीक धारण भने बाहिर आएको छैन् ।

एमालेले अहिले सम्म कुनै नगर वा गाउँपालिकामा महिला नेतृत्वको टुङ्गो लगाएको छैन् । तर अनेमसंघको तर्फबाट नगर तथा गाउँपालिकामा तीन वटा मेयर पाउनुपर्ने माग केन्द्रिय तथा जिल्ला कमिटीमा गरिएको अनेमसंघ जिल्ला अध्यक्ष ललिता गौतमले बताइन् । सवै पार्टीमा आधिकारीक रुपमा कुनै महिला नेतृत्व टुङ्गो लगाइएको छैन् । त्यस्तै वडा स्तरमा पनि महिलाले नै नेतृत्व पाउने कम संभावना रहेको छ । वडामा पनि बरु उपाध्यक्ष कुन महिलालाई बनाउने भनेर लविङ्ग सुरु भएको छ ।

सामान्यतया धेरै जसो कमिटीहरुमा महिलाहरु सहसचिव वा कोषाध्यक्ष र सदस्यमै समिति भएका छन् । सबै जसो कमिटीहरुमा पुरुषहरुको बहुल्यता हुने भएता पनि महिलाहरुको संख्या कम भएपनी तिनिहरु सक्षम रहेको एमाले गुल्मीका प्रचार बिभाग प्रमुख गणेश श्रीपालीलेको भनाई रहेको छ । एमाले जिल्ला सचिवालय सदस्य कृष्ण घिमिरेका अनुसार गाउँ, क्षेत्र र जिल्ला स्तरिय संगठनको नेतृत्वमा महिलाहरु छैनन् । दलहरुका निम्ति ठूलो चुनौती चुनावी मैदानमा उठाउनुपर्ने महिला लगायत समावेशी समूहका उम्मेदवार एवं अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने पदहरूको नेतृत्व क्षमताको विकास हो । अहिले सम्म हेर्ने हो भने जुन सुकै दलमा पनि दलीय संयन्त्रले लैङ्गिक सशक्तीकरण र समावेशीकरणमा ध्यान दिएका छैनन ।

जसका कारण महिला नेतृत्वमा संकट पर्ने तथा असक्षमता कारण थप जोखिम हुने देखिन्छ । स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको निर्वाचनमा कानुनले प्रमुख वा उप्रमुखमध्ये एकजना महिला उम्मेदवार बनाउनै पर्ने व्यवस्था गरे पनि महिला उम्मेदवारले निर्वाचन जित्ने सुनिश्चितता प्रति राजनैतिक दलहरु विश्वस्त छैनन् । जसका कारण उनीहरुलाई प्रमुख भन्दा उपप्रमुख बनाउनुनै बुद्धिमता ठानेका छन् ।

अनेमसंघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष बन्दना पोख्रेलले भनिन ‘अवसर आउँदा महिलाहरुलाई कुनै पनि दलले असक्षतामा देखाउन नमिल्ने बताइन् ।’ उनले सवै पार्टी भित्र यस बिषयमा छलफल र तयारी हुनुपर्ने बताइन् । एमाले नेतृ सिता भुसालले स्थानीय निकायका चुनावले गाउँ ताते पनि महिलाहरुको बिषयमा पार्टी केन्द्रहरु मौन रहेको बताइन् । अन्तिम समयमा एक्कासी उमेद्वार टुङ्गो लगाउने पार्टी प्रवृतिले पनि नगर वा गाउँपालिका प्रमुखका आकांक्षी महिलाहरुलाई थप जोखिम हुने उनको भनाई छ ।

मतदातामा पनि महिलाको वर्चश्व

गुल्मीमा कुल मतदाता मध्ये महिला मतदाता संख्य वढी रहेको छ । पुरुष मतदाता भन्दा ८ हजार भन्दा वढी महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख गणेश बहादुर खत्रीले जानकारी दिए । कुल मतदाता मध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । मतदाता मध्ये गुल्मीमा १ जना तेस्रो लिङ्ग रहेका छन् ।

जिल्लामा १ लाख ८० हजार ७ सय ७५ कुल मतदाता संख्य रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा उक्त मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी मतदाता भएको स्थानीय तहमा मुसिकोट नगरपालिका १९ हजार ४सय ८५रहेका छन् भने सबैभन्दा कम मतदाता भएको स्थानीय तहमा कालिगण्डकी गाउँपालिका १२ हजार ६ सय ३४ रहेको छ ।

जिल्लामा सबैभन्दा बढी मतदाता संख्या भएको वडा छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा ३३ सय २७ रहेको छ भने सबैभन्दा कम मतदाता संख्या भएको वडामा रेसुङ्गा नगरपालिका वडा नं १३ दुविचौर ६ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए । जिल्लामा पुरुष भन्दा महिला मतदाता वढी हुनुमा अधिकांश युवाहरु रोजगारीको शिलसिलामा बिदेसमा रहेकाले महिला वढी भएको पाण्डेयले बताए ।