धनकुटा, २४ चैत । धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा छथर गाँउपालिका–२ बस्ने ४५ बर्षीय खगेन्द्र भुजेललाई प्रहरीले खुकुरीसहित बुधबार पक्राउ गरेको छ ।
भुजेलले सोही स्थान बस्ने ३२ बर्यीय बुद्धिमान राना मगरलाई घरमा बसिरहेको अवस्थामा लेनदेनको बिषयलाई लिएर खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट घाईते भएका मगरलाई उपचारको लागि घोपा धरानतर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया