सिन्धुली, २३ चैत । नेकपा एमाले सिन्धुलीले जिल्लाको ७४ वटा वडामा विजयी हासिल गर्ने दावी गरेको छ ।
जिल्लाका ९ वटा स्थानीय तहका सबैमा मेयर, अध्यक्षसहित ७४ वटा वडा अध्यक्षमा विजयी हासिल गर्ने दावी गरेको हो । नेकपा एमाले दुधौली नगरपालिका–३ निपानेमा पार्टी कार्यालय स्थापना तथा निर्वाचन परिचालन कमिटि गठन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटुवालले यस्तो बताएका हुन ।
एमालेको देश विकासको मोडालिटि र अहिले सम्म नेपालको विकासमा एमालेले ल्याएको मोडल भन्दा फरक अन्य मोडलले काम गर्न नसकेकोले एमालेले बैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका सवै तहमा नेतृत्व र ७४ वटा वडामा एमालेको जीत सुनिश्चित रहेको उनले बताए ।
२०५१ सालमा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले देश विकासको लागी ल्याएको मोडालिटि र एमालेका हालका अध्यक्ष केपि शर्मा ओलिले ल्याएको नीतिले मात्र देशको विकास अधिवढीरहेको कटु यथार्थ नेपाली जनता समक्ष छर्लङ्ग रहेकाले नीति एउटाको र नेतृत्व अरुको हुदाँ परिणाम राम्रो नहाउने भएकाले यस पटकको निर्वाचनमा एमालेको विजयी सुनिश्चित रहेको उनले बताए ।
अहिले एमालेको तल्लो तह देखि नै सर्व सम्वत रुपमा उमेदवार चयन तथा निर्वाचन परिचालन कमिटि गठनको काम अगाडी बढी रहेको उनले बताए ।
भेलाले नरेन्द्र माझिको नेतृत्वमा १ सय ४३ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । भेलालाई एमाले नेताहरु हेमबहादुर लामा, सुकुमाया तामाङ, शंकर बर्मा, धनश्याम राउत, नारायण अधिकारी, कुमार शर्मा पुष्पा धामी लगायले सम्बोधन गरेका थिए ।
बुधबार नै एमालेले तोश्रमखोला, मरिण गाउँपालिका लगायतमा स्थानमा कमिटि गठन तथा उमेदवार चयनका काम गरेको एमाले सिन्धुलीले जनाएको छ ।












प्रतिक्रिया