काठमाडौं, २३ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्रीले ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा. तथा सो पृतना हे.क्वा. अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमण गर्नुभएको छ । उक्त निरीक्षण भ्रमणका लागि प्रधान सेनापति क्षत्री मंगलबार सुनसरीतर्फ जानु भएको थियो ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरमा अखण्ड दिप प्रज्वलन गर्नु भएको थियो । सोही क्रममा श्री पूर्वी पृतना अन्तर्गतका फौजहरु सहभागी भई निर्माण गरिएको पाथिभरा मन्दिर जाने ४६० मिटर लामो पद मार्गको निरीक्षण गर्नु भएको थियो भने नेपाली सेनाले सोही जिल्लाको पाथिभरा, ठूलोफेदी र काफ्लेपाटी ईलाकामा सञ्चालन गरेको स्वास्थ्य शिविरको समेत निरीक्षण गर्नु भएको सैनिक जनसपर्क निर्देशनालयले जनाएको छ ।
चैत १९ गतेबाट ऐ. २३ गतेसम्म सञ्चालन भएको सो स्वास्थ्य शिविरबाट ९१८ जना स्थानीय लाभान्वित भएका छन् । निरीक्षण भ्रमण सम्पन्न गरी सेनापति क्षत्री आजै काठमाडौं फिर्ता हुनुहुने कार्यक्रम छ ।












प्रतिक्रिया