जाजरकोट, २२ चैत । नेपाली कांग्रेस जाजरकोटका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्या विप्लव माओवादीका कार्यकताले गरेको प्रहरीले जनाएको छ । शाहको गत चैत १५ गते जाजरकोटमा निर्ममतापूवर्क हत्या गरिएको थियो ।
सो घटनामा संलग्न भएका दुई जनालाई पक्राउ गरि मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हत्यामा संलग्न भएको आरोपमा खगेनकोटका ठगेन्द्र सिंह र पिपेका डिलवहादुर राना छन् । पक्राउ परेका दुई जना विप्लब माओबादीका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।
ठगेन्द्र सिंह सदरमुकामस्थित भेरी गेष्ट हाउसका सञ्चालक समेत हुन् । आफ्नै होटलमा बसेर शाहको हत्या गर्ने योजना बनाएको प्रहरीले बताएको छ । हत्यामा अन्य बलबहादुर मल्ल पौरख, प्रेम ओली, ईन्द्र शाही, दीर्घवहादुर नेपाली, नाम नखुलेको सुर्खेतका विप्लवकै एक कार्यकर्ता पनि संलग्न रहेको र उनीहरुको पनि खोजी भइरहेको एसएसपी महेशविक्रम शाहले बताए । चन्दा र ठेक्कामा रकम नदिएको आरोपमा शाहको हत्या भएको प्रहरीले बताएको छ ।












प्रतिक्रिया