२० कार्तिक २०८३, शुक्रबार

काठमाडौंका यी छ स्थानमा कुनै पनि आन्दोलन गर्न नपाइने

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्थानीय निर्वाचनको तयारी स्वरुप काठमाडौंका विभिन्न आधा दर्जनस्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले ६ स्थानमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

तोकिएका स्थानमा धर्ना, जुलुस, घेराउ प्रदर्शन जस्ता कुनै पनि प्रकारका आन्दोलन गर्न पाइने छैन ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शीतल निवास, प्रधानमन्त्री निवास, संसद भवन, सिंहदरबार, उपराष्ट्रपति निवास र निर्वाचन आयोगको कार्यालय बहादुरभवन आसपासका स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तोकिएका स्थानमा कसैले अटेर गरेर आन्दोलन गरे कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न समूह, राजनीतिक दल र संघ संस्थाले घेराउ, प्रदर्शन, धर्ना लगायतका कार्यक्रम गर्न थालेपछि शान्ति सुरक्षा बनाइ राख्न स्थानीय प्रशासन ऐनअनुसार निषेधित क्षेत्र घोषणा गरेको सूचनामा उल्लेख छ ।