काठमाडौँ, १३ असोज । युवा संघले केही हप्ता अघि सम्पन्न भेलाबाट केन्द्रीय सदस्य मनोनित गर्ने क्रममा दुवैपक्षका मिलाएर विवाद नहुने गरी टुंगो लगाइएको थियो ।
स्रोतका अनुसार युवासंघ केन्द्रीय कमिटीमा पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालका छोरा निर्भिक खनाल चित्रकारसँगै उपाध्यक्ष विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई पनि मनोनित गर्ने प्रस्ताव आएको थियो । तर, भण्डारीलाई मनोनित गरिएन ।
हाल उनी जिफन्टमा कार्यरत छिन् । मदन भण्डारीकी जेठी छोरी उषाले सक्रिय राजनीतिमा आउन चाहेकी छन् ।
उनलाई अहिल्यै ल्याउँदा एकैचोटि नेताका छोराछोरी ल्याएको आरोप लाग्ने भएकाले अर्कोपटक ल्याउने सहमति भएको स्रोतले जनाएको छ ।
यसअघि नै बामदेव गौतमका छोरा हरिश गौतम पनि युवासंघ केन्द्रीय सदस्य भइसकेका छन् । साँघु साप्ताहिकबाट













प्रतिक्रिया