स्पेन, १३ असोज । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले व्यक्तिगत ४०१ गोल पूरा गरी इतिहास रचेका छन् ।
जारी स्पेनिस लिगको शनिबार राति सम्पन्न ग्रानेडाविरुद्धको खेलमा मेसीले दुई गोल गर्दै ४ सय १ गोली पुराएका हुन् । २७ वर्षको उमेरमा चार सय गोल पार गर्ने मेसी एकमात्र खेलाडी हुन् ।
मेसीले इतिहास रचेको शनिबार बार्सिलोनाका लागि ब्राजिलियन युवा स्ट्राइकर नेमार जुनियरले ह्याट्रिक गरेका थिए । स्पेनिस लिगमा नेमारको यो पहिलो ह्याट्रिक हो ।
खेलमा बार्सिलोनाले ग्रानेडालाई ६–० को फराकिलोअन्तरले हरायो । स्पेनिस लिगमा बार्सिलोनाले ६ खेलमा पाँच जित र एक बराबरी नतिजा निकालेको छ ।
मेसीले बार्सिलोना र राष्ट्रिय टोलीबाट ५२४ खेल खेलेका छन् ।














प्रतिक्रिया