२८ आश्विन २०८३, बुधबार

नेपाल क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-toli-super-final16काठमाडौँ, १२ असोज । अधिकांश खेलमा खराव प्रदर्शन गरेको नेपालले एसियाली खेलकुद अन्तरगत क्रिकेटमा भने उत्साहजनक परिणाम ल्याएको छ ।

देक्षिण कोरियाको  इन्चोनमा जारी पुरुष क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार माल्दिभ्सलाई ७ विकेटले पराजित गरेको हो ।

जितसँगै नेपाल समूह बीको विजेताका रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब नेपालले असोज १५ गते अफगानिस्तानसँग खेल्नेछ ।

माल्दिभ्सले प्रस्तुत गरेको ५४ रनको विजयी लक्ष्य नेपालले १४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । नेपालका ओपनर सुवास खकुरेल २७ रनमा अविजित रहे ।

कप्तान पारस खड्काले १५ रन जोडे । शरद भेसवाकर ६ रनमा अविजित रहे । सागर पुन र ज्ञोनन्द्र मल्लले १–१ रन बनाए ।

यसअघि पहिले व्याटिङ गरेको माल्दिभ्सले १८.५ ओभरमा ५३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा सागर पुन, भुवन कार्की र शक्ति गौचनले समान २–२ विकेट लिए भने सोमपाल कामी र बसन्त रेग्मीले १–१ विकेट लिए