२८ आश्विन २०८३, बुधबार

साउदी अरबबाट २९ कामदारको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

नयाँदिल्ली, १९ चैत । भारतकी विदेशमन्त्री सुष्मा स्वराजले साउदी अरबबाट २९ जना भारतीय कामदारलाई भारत सरकारले उद्धार गरेको बताउनुभएको छ ।

उद्धार गरिएकालाई आआफ्नो घरमा पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।

“हामीले साउदी अरबबाट २९ जना कामदारलाई उद्धार गरेका छौँ, उनीहरुको उडान टिकट पनि हामीले नै काटिदिएका छौँ,” स्वराजले ट्विटरमा लेख्नुभएको छ ।

ती २९ जना कामदारलाई साउदी अरब सरकारले नियन्त्रणमा लिइएको बारेमा गत हप्ता मन्त्री स्वराजले साउदी अरबका राजदूत अहमद जाभेदसँग कुराकानी गरी मुक्त गर्न आग्रह गर्नुभएको थियो ।

भारतको दक्षिणी राज्य तेलङगनाबाट ठुलो सङ्ख्यामा वैदेशिक रोजगारीका लागि साउदी अरब जाने गर्दछन् । – सिन्ह्वा