काठमाडौं, १७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति पूर्व नवय्वराज हृदयन्द्र शाहको प्रतबन्ध आज विशेष कार्यक्रम गरि सम्पन्न भएको छ ।
शुभसाइत पारेर दिउँसो सवा १ बजेरित उनको प्रतबन्ध निर्मल निवासमा सम्पन्न गरिएको हो ।
१५ वर्षीय हृदयन्द्रको व्रतवन्धपछि उनलाई बसन्तपुर दरबार क्षेत्रस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा बाजागाजासहित पुर्याइएको थियो । सो मन्दिरमा राजपरिवारका आफन्त र सर्वसाधारणको ठूलो भिड लागेको थियो । तर, त्यहाँ हृदयन्द्रका हजुरबुवा पूर्वराजा ज्ञानेद्र, हजुरआमा पूर्वरानी कोमल, बुवा पूर्वयुवराज पारस र आमा पूर्वयुवराज्ञी हिमानीको उपस्थिति भने देखिएन ।
पूर्वराजाले नातिको व्रतवन्धको अवसरमा सोल्टी होटलमा २४ गते भोज आयोजना गरेका छन् । उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिलाई निम्तो दिइएको छ ।











प्रतिक्रिया