काठमाडौं, १७ चैत । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा प्रतिबद्धता गरेको जलवायु परिवर्तन नीति रद्द गरेका छन् । उनले कार्यकारी आदेश जारी गर्दै पूर्वराष्ट्रपति बाराक ओबामाको नीतिलाई रद्द गरेका हुन् ।
ओबामाले अन्तर्राष्ट्रिय अभियान चलाएर जलवायु परिवर्तन नियन्त्रिण गर्नका लागि कैयौं उद्योगमाथि प्रतिबन्ध लगाएका थिए । आदेशमा हस्ताक्षण गरेपछि ट्रम्पले अब कोइला विरोधी कार्यहरु खतम हुनेछन् । तर, ट्रम्पको यस कार्यप्रति पर्यावरण बिद्हरुले विरोध जनाएका छन् ।
ट्रम्पले ओबामा कार्यकालमा लागू गरिएका करिब आधा दर्शन नीति खारेज गरेका छन् । ओबामाले कार्बन डाइअक्साइडको प्रदूषणबाट बढ्दै गरेको गर्मीलाई नियन्त्रण गर्नका जलवायु परिवर्तनको राष्ट्रिय नीति बनाएका थिए ।
जबकि पर्यावरण सुरक्षासंग जोडिएका एजेन्सीहरुले यस कार्यको विरोध गरेका छन् । पर्यावरणसंग जोडिएका अरबपति कार्यकर्ता टँम स्टेयरले यस फैसलाले अपमान गरेको बताएका छन् ।
केही एजेन्सीहरुले यस आदेशविरुद्ध अदालतमा चुनौति दिने तयारी गरेका छन् । ट्रम्पले आफ्नो चुनाव अभियानका क्रममा अमेरिकीहरुलाई २०१५ मा भएको जलवायु परिवर्तन समझौता खारेज गर्ने बचन दिएका थिए ।
भारत, चीन र ब्राजिलमाथि नजर
ट्रम्पको यस कार्यकारी आदेशको असर पूरै संसारमा पर्ने निश्चित छ । अमेरिका विश्वको दोस्रो सर्वाधिक जलवायु प्रदूषण पैदा गर्ने देश हो । हार्वर्डमा पर्यावरण अर्थशास्त्रका प्रोफेसर रबर्ट स्टेविन्सले ट्रम्पको फैसलापछि संसारमा अब भारत, ब्राजिल र चीनमा उपस्थित भएको छ । सन २०१५ मा पेरिस समझौताका प्रमुख वार्ताकार लारेन्स ट्युबियानाले दुनियाका केही व्यक्तिले ट्रम्प आदेशको फाइदा लिन चाहन्छन् ।
के हो पेरिस सम्झौता ?
पृथ्वीको जलवायु परिवर्तन न्युनिकरण र ग्लोबल तापमान दुई डिग्री सेन्टिग्रेड भन्दा त ल झार्ने हिसावले यस्तो सम्झौता गरिएको थियो । १९७ देशले जलवायु परिवर्तन समझौतालाई स्वीकार गरेका थिए ।














प्रतिक्रिया