काठमाडौं, १७ चैत । नेकपा (एमाले)की सांसद दुलारी देवीको निधनप्रति संसदले आज शोक प्रस्ताव पारित गर्ने भएको छ ।
दिउँसो एक बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकले चैत १० गते निधन भएकी सांसद देवीको शोकमा शोक प्रस्ताव पारित गर्ने संसद सचिवालयले जनाएको छ ।
भारतको सीतामढीमा मोटर साइकल दुर्घटनामा परेर खुट्टा गुमाएकी सांसद दुलारी देवीको ललितपुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।











प्रतिक्रिया