२८ आश्विन २०८३, बुधबार

अफ्रिकी विद्यार्थीमाथि आक्रमण गरेको आरोपमा पाँच भारतीय प्रहरी नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १६ चैत । भारतको उत्तरी सहर ग्रेटर नोएडामा अफ्रिकी विद्यार्थीमाथि आक्रमणमा संलग्न भएको आरोपमा भारतीय प्रहरीले पाँच जना आरोपितलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

सोमबार राति नयाँदिल्लीको ‘सेटलाइट’ सहर भनेर चिनिने ग्रेटर नोएडामा एक भारतीय युवकको लागुऔषधको सेवनबाट भएको मृत्युमा अफ्रिकीहरुको संलग्नता रहेको भनी सामाजिक सञ्जालमा समाचार आएको आधारमा स्थानीयद्वारा अफ्रिकी विद्यार्थीमाथि आक्रमण गर्दा कम्तिमा १२ जना घाइते भएका प्रहरीले बताएको छ ।

घटना रङ्गभेदी र जातीयतालाई प्रोत्साहन गर्ने किसिमको भेटिएपछि प्रहरीले केही युवालाई पक्राउ गरेको उच्च प्रहरी अधिकारी सुजाता सिंहले एएफपीलाई बताउनुभयो ।

पाँच जना आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ भने चार जना अन्य फरार रहेकाले उनीहरुको पनि खोजी जारी छ, उहाँले बताउनुभयो ।

भारतको विदेश मन्त्रालयले घटनालाई ‘निन्दनीय’ भनेकोे छ । मन्त्रालयले नाइजेरियाली राजदूतलाई आफ्नो मुलुकमा रहेका सबै विदेशी (नाइजेरियाली) नागरिकको सुरक्षार्थी सम्पूर्ण कदम प्रशासनले चाल्ने आश्वासन दिएको छ ।

नोएडामा सयौँ अफ्रिकी विद्यार्थीहरु बसोबास गर्दै आएका छन् । – एएफपी