प्यूठान, ११ चैत । प्युठानमा निजी कार दुर्घट्ना हुँदा एकै परिवारका चारसहित ६ जनाको ज्यान गएको छ । दुर्घट्नामा ३ जना गम्भीर घाइते भएका छन् ।
धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जीप शुक्रबार बिहान पौने ८ बजेतिर दुर्घट्नामा परेको हो ।
काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट झन्डै २ सय मिटर तल खसेर दुर्घटना हुँदा ललितपुर–१४ तिसेदेवलका दिनेश बस्नेत उनका छोरीहरु दिक्षा बस्नेत, पध्मा बस्नेत र दिया बस्नेतको ज्यान गएको हो ।
त्यस्तै सोही ठाउँका सुनिता श्रेष्ठ र श्रीष्ठी खत्रीको पनि घट्नास्थलमै ज्यान गएको प्युठान प्रहरीले जनाएको छ । दुर्घट्नामा घाइते हुनेहरुमा जीप चालक सरोज घलेसहित सुशीला बराल र अम्रिका गजुरेल रहेका छन् ।
गम्भीर अबस्थामा रहेका घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भ्रिङीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुट्वल रिफर गरिएको छ ।
जिपमा चालकसहित नौं जना सवार रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । ठाडो उकालो बाटोमा जीप ब्याक भएर दुर्घट्ना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए ।
दुर्घट्ना पश्चात जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली घट्नास्थल पुगेका छन् । नेपाली सेना, प्रहरी टोली र स्थानीयवासीले मृतक तथा घाइतेहरुको उद्धार गरेका थिए ।













प्रतिक्रिया