२० कार्तिक २०८३, शुक्रबार

काठमाडौं ओर्लिएलगत्तै सुरक्षा फौजसहित नारायणहिटी किन गए चिनियाँ रक्षामन्त्री ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका उत्तरी छिमेकी चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले नारायणहिटीस्थित नेपाली सेनाको उपत्यका पृतना हेडक्वार्टरको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा चिनियाँ रक्षामन्त्रीद्वारा विनाशकारी भूकम्पको दौरान नेपाली सेनासँग सहकार्य गर्दै सहयोग गरेको कुरा स्मरण गर्दै सांस्कृतिक सम्पदा जगेर्नामा नेपाली सेनाले खेलेको भुमिकाको प्रशंसा गरे ।

यसअघि, नारायणहिटी हेडक्वार्टरका पृतनापति उपरथी शरद कुमार गिरीले स्वागत मन्तव्य दिएका थिए । भने सोही पृतनाका सह चिफ अफ स्टाफद्वारा पृतनाको जिम्मेवारी क्षेत्रको समसामयिक विषयमा जानकारी गराएका थिए ।

निरीक्षण भ्रमणमा नेपालका लागि चिनिया राजदूत यु होङ, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।