२० कार्तिक २०८३, शुक्रबार

एमाले नेता बैजनाथ चौधरीका पिताको स्मृतिमा शोकसभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन पौडेल

परासी, १० चैत । नवलपरासी क्षेत्र नं. ४ का सांसद एवँ नेकपा एमालेका केन्द्रीय सदस्य बैजनाथ चौधरीका पिता स्वर्गिय तेतर प्रसाद चौधरीको १३ औँ दिनको पुण्य तिथिमा आज नेकपा एमाले परासी जिल्ला संगठन कमिटिले श्रद्धान्जली सभा सम्पन्न गरेको छ ।

चौधरीको निवास सरावल गाउँपालिका वडा नं. २ स्थीत तिलकपुर मगरमुडाहामा भएको श्रद्धान्जली सभा जिल्ला सहसंयोजक थानप्रसाद गैरेको अध्यक्षता तथा केन्द्रीय सदस्य लिला गिरीको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य लिला गिरीले स्वर्गिय तेतरप्रसाद चौधरीले यस क्षेत्रमा खासगरि शिक्षा क्षेत्रमा ठुलो योगदान गर्नुभएको भन्दै सम्झना गर्नुभएको थियो ।

कार्यक्रममा एमाले प्रदेश नं. ५ का कार्यालय सचिव गोपाल भटराई, जिल्ला सहसंयोजक थानप्रसाद गैरे, जिल्ला सदस्य राजन आर्चाय लगायतले समवेदना व्यक्त गर्नुभएको थियो भने शोकाकुल परिवारको तर्फबाट स्वर्गिय तेतर प्रसादका जेष्ठ सुपुत्र ओमनारायण चौधरी र माईला सुपुत्र एवँ सांसद बैजनाथ चौधरीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

८७ वर्षिय तेतर प्रसादको गत फागुन २७ गते निधन भएको हो । शोकसभामा एमालेका केन्द्रीय नेता, प्रदेश स्तरका नेता, जिल्ला, क्षेत्र, नगर, गाउँ स्तरका नेता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।