२० कार्तिक २०८३, शुक्रबार

स्थानीय तहको निर्वाचनले पत्रकार महासंघको चुनाव प्रभावित, आचारसंहिता लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले नेपाल पत्रकार महासंघका जिल्ला शाखा र केन्द्रको चुनाव प्रभावित हुने देखिएको छ ।

आचारसंहिता लागु भइसकेको अवस्थामा चुनाव गर्न नपाइने भन्दै निर्वाचन आयोगले पत्रकार महासंघका जिल्ला शाखामा चुनाव स्थगित गर्न सञ्चार मन्त्रालयमार्फत महासंघ केन्द्रीय समितिलाई पत्राचार गरेपछि प्रभावित हुने देखिएको हो ।

महासंघको काठमाडौं, ललितपुर, भक्तपुरसहित मधेसका केही जिल्ला शाखामा अधिवेशन सम्पन्न हुन बाँकी छ । निर्वाचन आयोगको सर्कुलरले सबै जिल्ला अधिवेशन हुन नसके महासंघको आगामी वैशाख २० गते हुने केन्द्रीय महाधिवेशनसमेत प्रभावित हुनेछ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले निर्वाचन आयोगले केही प्रश्न उठाई पत्र लेखेको जानकारी दिँदै यसबारे आयोग र अन्य सम्बन्धित व्यक्तित्वसँग परामर्श गरि अगाडि बढ्ने बताए ।