काठमाडौं, १० असोज । क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले मलेसियामा आगामी महिना हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि नयाँ टोली घोषणा गरेको छ ।
पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरको हो ।
ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा सुवास खकुरेल, सदर भेसवाकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी र सोमपाल कामी छन् ।
सागर पुन, मेहबुब आलम, आरिफ शेख, नरेश बुढायर, भुवन कार्की र अमृत भट्टराई छन् । टोलीका अधिकांश खेलाडी शुक्रबार नै एसियाडका लागि दक्षिण कोरिया गएका छन् ।
एसियाडको टोलीमा नरहेका आरिफ प्रशिक्षकका लागि भारतको बैंङ्गोर गएका छन् । अक्टोबर २३ देखि ३० सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसँगै मलेसिया, सिंगापुर, बर्मुडा, युगाण्डा र अमेरिकाले खेल्नेछन् ।













प्रतिक्रिया