२८ आश्विन २०८३, बुधबार

नाइजेरियामा बन्दुकधारी समूहको आक्रमणमा सत्रको मृत्यु : प्रहरी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कानो (नाइजेरिया), ९ चैत । नाइजेरियाको मध्यमागमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।

पछिल्लो आक्रमण नाइजेरियामा पटकपटक दोहोरिने गरेको चौपाया चरणका अधिकारका विषयलाई लिएर भएको बताइएको छ ।

नाइजेरियाको वेनु राज्यमा सोमबार भएको आक्रमणमा बन्दुकधारी मोटरसाइकल र कारमा आई स्थानीय एक बजारमा अन्धाधुन्ध गोली चलाएका थिए भने स्थानीय केही घरहरूमा आगो लगाइदिएको प्रहरी प्रवक्ता मोजेज यमुले बताउनुभयो ।

घटनामा ११ जना घाइते भएका थिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय उक्त घटनामा ३०–५० जनासम्मको मृत्यु भएको जनाएका छन् ।

नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले मङ्गलबार एक विज्ञप्ति जारी गरी घटनाप्रति खेद व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । उहाँले उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । – एएफपी