२८ आश्विन २०८३, बुधबार

विमानस्थलमा सैनिकको हतियार खोस्न खोज्दा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

पेरिस, ६ चैत । फ्रान्सको ओर्ले विमानस्थलमा एक व्यक्तिले सैनिककै बन्दुक खोस्ने प्रयास गरेपछि भएको प्रतिआक्रमणमा एक जनाको मृत्यु भएको छ ।

विनमास्थलको दक्षिणी टर्मिनलमा सैनिकको बन्दुक खोस्ने क्रममा भएको प्रतिकारबाहीमा उनी मारिएका हुन् ।

विमानस्थलका अधिकारीहरुले यसलाई चरमपन्थी आक्रमणको संज्ञा दिएका छन् । शनिबार बिहानै शंकास्पद ति व्यक्तिलाई उत्तरी चेकप्वाइन्टमा प्रहरीले समातेर छाडेको र पछि दक्षिणी टर्मिनलमा गएर यस्तो गतिविधि गरेको बताइएको छ ।

उनी कुन उद्देश्य र कसको निर्देशनमा यस्तो कार्यमा संलग्न भए भन्नेबारेमा भने केही खुलेको छैन । फ्रान्समा गत वर्षभरी नै विभिन्न आतंकवादी हमला भएका थिए । – एजेन्सी