काठमाडौँ, ९ असोज । क्यापिटल वान कप फुटबलमा म्यानचेष्टर सिटीले शेफिल्डलाई ७–० गोल अन्तरले पराजित गरेको छ।
गएराति भएको खेलमा १० खेलाडीमा सिमित शेफिल्डलाई सिटीले ७ गोल गरेको हो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको शेफिल्डले सबै सात गोल दोस्रो हाफमा खाएको थियो।
सिटीको जितमा फ्राङ्क लाम्पार्ड र जोकोले २–२ तथा नाभास, याया टोरे, जोशे पोजेले समान १–१ गोल गरे।
खेलको ५९ औं मिनेटमा लाम्पार्डलाई फल गरेपछि कामिलले रातो कार्ड पाएर बाहिरिएका थिए।
यस्तै हिजै भएको अर्को खेलमा चेल्सीले बोल्टनलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
चेल्सीका लागि के जौमा र ओस्कारले गोल गरेका थिए। बोल्टनका लागि मिस्सले एक गोल गरेका थिए। एजेन्सी














प्रतिक्रिया