२८ आश्विन २०८३, बुधबार

कम्बोडियाका उपप्रधानमन्त्रीको निधन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्होम पेन, ३ चैत । कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा बुधबार निधन भएको छ ।

“संसदका सदस्य, उपप्रधानमन्त्री सममेच भिवोल पान्हा सोक एनको सन् २०१७ को मार्च १५ का दिन १८.३२ बजे वेईजिङ अस्पतालमा ६६ बर्षको उमेरमा निधन भएको छ,” सरकारद्वारा जारी शोक वक्तव्यमा लेखिएको छ ।

सोक कम्बोडियोको अत्यन्त चर्चित राजनीतिक नेता हुनुहुन्थ्यो । अहिलेको सत्तारुढ दल पिपुल्स पार्टीमा उहाँ केन्द्रीय कार्यसमिति सदस्य हुनुहुन्थ्यो ।

सन् १९९८ देखि उहाँ कम्बोडियोको मन्त्री हुनु भएको थियो भने सन् २००४ मा पदोन्नति भई उहाँ उपप्रधानमन्त्री बन्नु भएको थियो । – सिन्ह्वा