२८ आश्विन २०८३, बुधबार

एशियाडमा नेपालको खराव प्रदर्शन जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asia_20140923114404काठमाडौँ, ७ असोज  । दक्षिण कोरियामा जारी १७औं एसियाली खेलकुदको मंगलबार बिहान मुन्हाक ताइह्वान एक्वाटिक्स सेन्टरमा भएको पौडीतर्फको पुरुष ५० मिटरको फ्रि स्टाइलमा नेपालका कीर्तिमानी शिरिष गुरुङ्ग र मिराज प्रजापतिले खराब  प्रदर्शन गरेका छन् ।

शिरिषले निर्धारित दूरी २७ दशमलव २३ सेकेन्डमा पार गर्दै व्यक्तिगत प्रदर्शनमा केही सुधार गर्न भ्याए । उनको प्रदर्शनमा शुन्य दशमलव शुन्य दुई सेकेन्डले सुधार भएपनि उनी हिट चरणबाटै बाहिरिन पुगे ।

दोस्रो नम्बरको हिटमा उनी चौथो हुँदा २८ दशमलव ०८ सेकेन्डमा दूरी सकाएका मिराज सात खेलाडीमध्ये छैटौं भए । उनले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकेनन् । यसअघि उनको व्यक्ति उच्च प्रदर्शन २७ दशमलव २३ सेकेन्डको थियो ।

एशियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको फेन्सिङ्गमा पनि नेपालले राम्रो पर्दशन गर्न सकेन ।

गोयाङ्ग जिम्नेजियममा भएको खेलमा रामबहादुर शाहीले सर्वाकि ५ टच लिन भ्याए । जंग गिरीले ४ र राजेन्द्र श्रेष्ठले २ टच लिए ।